बुढानिलकण्ठ नगरपालिकामा ‘कास्कुन’ को अभिमुखिकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,माघ ७।

बुढानिलकण्ठ नगरपालिकामा मंगलबार काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) को पालिका स्तरिय एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कास्कुनको नेटवर्क भन्दा बाहिर भएका सहकारी संस्थाहरुलाई आवद्द गराउन र उनिहरुको भुमिकाहरु बारे छलफल गर्न उक्त कार्यक्रम आयोजना भएको हो।

नगरपालिकामा दर्ता भएका ४५ वटा सहकारी संस्थाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कास्कुन संघको तर्फबाट सहकारी संस्थाहरुलाई सहयोग गर्न सक्ने बिषयहरु, संस्थाहरुले नियमन गर्न पर्ने कास्कुनको नीति तथा आवस्यक सामाग्रिहरु उपलब्ध गराउने जानकारी गराईएको थियो ।

बुढानिलकण्ठ नगरपालिका सहकारी शाखाको समन्वयमा आयोजित कार्यक्रममा सहकारी शाखा प्रमुख चिता ठगुनाले नगरमा भएका हाल सम्म भएको ४८ वटा संस्थाहरुमा स्थानिय तहको भुमिका, नियमन कार्य विधि, प्रवर्दन उपायहरु तथा प्रशिक्षण बारे जानकारी गराएका थिए।

नगरपालिकामा भएका विभिन्न सहकारी संस्था प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा नगरपालिका उपमेयर रमा देवी राई, प्रमुख प्रशासकिय अधिकृत वैकुण्ठ सापकोटा, सहकारी शाखा प्रमुख गिता ठगुन्ना, लेखा समिति संयोजक पुरुषोत्तम नेपाल, कास्कुन अध्यक्ष दिपक पनेरु र अन्य क्षेत्रका प्रतिनिधीहरुको उपस्थिति थियो।

तपाइँको प्रतिक्रिया ।