नेकपा चम्पादेवी गाउँ कमिटीको अध्यक्षमा युवा नेता खेम मिश्र

नेकपा चम्पादेवी गाउँ कमिटीको अध्यक्षमा युवा नेता खेम मिश्र

कपन अनलाइन

काठमाडौं ,माघ ६।

नेकपा चम्पादेवी गाउँ कमिटीको अध्यक्षमा युवा नेता खेम मिश्र चयन भएका छन। ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका चिप्लिंगमा भएको भेलाले मिश्र सचिव र नर बहादुर घिमिरे सचिव रहेको गाउँकमिटी गठन गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु बालकृष्ण ढुंगेल,किशोर अधिकारी ,अम्बिरबाबु गुरुङ लगायतका नेताहरुको उपस्थितिमा भएको गाउँपालिका स्तरीय भेलाले विभिन्न प्रस्ताव पारित गर्दै संगठन विस्तार र परिचालन गर्ने निर्णय गरेको थियो।

पहिलो चरणमा गाउँपालिकाका सबै वडाहरुमा संगठन निर्माण र जनपरिचालन गर्ने जानकारी दिदै अध्यक्ष मिश्रले नेकपा चम्पादेवीले सधै गाउँपालिकावासी जनताको पक्षमा अभियान संचालन गर्ने बताएका छन।

ओखलढुंगा -काठमाडौं सम्पर्क मंचका पुर्व कोषाध्यक्ष समेत रहेका मिश्र चम्पादेवी गाउँपालिका वडा नं ९ पात्ले निवासी हुन्।

 

 

तपाइँको प्रतिक्रिया ।