Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139672347_3850383641650391_8451249019095101928_o-e1611025007639.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/139653784_3850381778317244_1176912412387197402_o-e1611025069198.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कागेश्वरी मनोहरा नगरपालिकामा ‘टोल टोलमा मेयर’ अभियान जारी

कपन अनलाइन

काठमाडौँ, माघ ६। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा नगरमा भएका विकास निर्माणका कामहरुको अनुगमनमा केन्द्रित भएका छन । उनले तालिकानै बनाएर प्रत्येक महिनाको पहिलो हप्ता नगरका टोल टोलमा पुगी त्यहा भए गरेका विकास निर्माणको निरीक्षण गर्नुको साथै बिकासका काम कामहरु गुणस्तरिय र दिगो हुनुपर्ने भन्दै स्थानीय संग  छलफल समेत गर्दै आएका छन।

कोरोना रोकथाम तथा जोखिम न्यूनीकरणका साथ साथै विकास निर्माणलाइ पनि गति दिने उदेश्यले उनि टोल टोलमा मेयर अभियानलाइ एक साथ अघि बढाईरहेका छन । उनले कागेश्वरी मनोहरा नगरपालिकाका प्रत्येक वडाका टोल टोलमा पुगिरहेका छन ।

निर्वाचन दौरानमा प्रमुख थापाले जनता संग गरेको प्रतिबद्धतालाइ पुरा गर्नको लागि जनताको माझमा पुगेका हुन् । आफ्नो पांच बर्षे कार्यकालको दौरान तीन वर्ष सम्म नगरपालिकाको दीर्घकालीन योजना तथा प्रशासनिक नीतिगत र कानुनी पूर्वाधार निर्माण गर्न केन्द्रित भएका नगर प्रमुख जनताको माझमा पुगी भए गरेका काम प्रगती र आगमी दिनमा योजनामा समाबेश गर्नु पर्ने बिकासका बिषयमा वडा बासी संग छलफल गर्दै आएका छन   ।

उनि संगै सम्बन्धित वडाका वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरु पनि सो अभियानमा जोडिदै सक्रिय सहभागिता देखाउदै आएका छन ।आफ्नै टोलमा नगर प्रमुखलाई भेट्न पाएकोमा कागेश्वरी मनोहरा नगरका  टोलबासीहरु खुशी र हर्षित भएका छन् ।

तपाइँको प्रतिक्रिया ।