Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/IMG_1787-1536x1024-1-e1610946043887.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/01/IMG_1777-1536x1024-1-e1610946088473.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

शंखरापुर नगरपालिकाद्वारा योग शिविर संचालन

कपन अनलाइन

काठमाडौं, माघ ५ ।”योग गरौ  डटेर, कोरोना  जान्छ हटेर” भन्ने मुल नारा सहित राष्ट्रिय योग दिवसको अवसर पारेर शंखरापुर नगरपालिका द्वारा योग शिविर संचालन गरिएको छ   ।

माघ १ गते साँखुमा योग शिबिरको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयालले उद्घाटन गर्दै  सुख, समुद्धि र खुशी प्राप्त गर्न योग बिज्ञान उपयोगी रहेको बताएका थिए   । जनतामा जागरण ल्याइ जन अभियानको  रूपमा योगलाइ अगाडी बढाउनु आवश्यक भएको  बताउदै उनले संसार बदल्न पुर्विय दर्शनको  प्रचार गर्नु पर्ने बताएका थिए ।शंखरापुर नगरपालिकाले योगको  बत्ति बाल्ने काम थालेको र यसलाइ  प्रकाशको रूपमा अगाडी बढाउने काम नगरबासीले गर्नु पर्ने उनको धारणा रहेको थियो । स्थानीय तहले पारदर्शी ढंगले जनताको आवश्यकतालाई  प्राथमिकतामा राखी काम गरी रहेकोले बिकासको  परिणामहरू देखिन थालेको पनि उनले बताए ।

योगलाइ संस्कृतिको रूपमा अघि बधाई  टोल टोल  बस्ति बस्ति सम्म पुर्याउन  नगरपालिकाले पहल गर्ने शंखरापुर नगरपालिकाका प्रमुख  शुवर्ण श्रेष्ठले  बताए । स्थानीय पाठ्यक्रमा कक्षा ४ देखि योग बिषय पनि समावेश गरिएको  बताउदै बिद्यालयहरूमा समेत योगको अभ्यास गराउन हरेक बिद्यालयका शिक्षकहरूलाइ योग शिविरमा सहभागी गराइएको बताए  ।

त्यसै गरी शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं योग समितिका संयोजक  भोजराज खतिवडाले अनुसासनमा बस्न योगको  महत्वपुर्ण भुमिका रहने बताउदै आफुले पनि धेरै ठाँउमा योगको  ज्ञान लिएको बताए  । नगरमा योगको  बिकास र बिस्तारको लागी नगरपालिकाको  योग समितिले काम अगाडि बढाएको बताए  ।

स्थानीय समाज सेवी तथा राजनितिज्ञ लक्ष्मी प्रसाद श्रेष्ठले समाजको हरेक क्षेत्रमा योग बिज्ञानको  महत्व रहेको  बताउदै नगरपालिकाले योगलाइ प्राथमिकता दिएर अघि बढाएकोमा  खुशी ब्यक्त गर्दै निरन्तरतामा जोड दिन आग्रह गरेका थिए  ।योग शिविरमा सहभागीहरूलाइ प्रशिक्षकहरू मेनुका पौडेल , अच्युत अर्याल र तिर्थ बिनोद गिरीले प्रशिक्षण दिने योसंयोजक भोजराज   खतिवडाले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।