कागेश्वरीको मुलपानी नगर अस्पतालमा बृहत स्वास्थ्य शिविर सम्पन्न
कपन अनलाइन
काठमाडौं माघ ५ ।कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा शनिबार बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त निशुल्क बृहत स्वास्थ्य शिबिरको उद्घाटन गर्दै नगर प्रमुख कृष्णहरि थापाले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउदै स्वास्थ्य शिविरमा बाट निशुल्क स्वास्थ्य सेवा लिन नगरबासीहरुलाई अनुरोध गरेका थिए ।
स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड, बाथ रोग लगायत सबै प्रकारका रोगहरुको परीक्षण गरिएको थियो ।स्वास्थ्य शिविरमा मोतियाबिन्दु हुने आँखाका बिरामीको अप्रेशन गर्नका लागि समेत व्यवस्था समेत मिलाइएको थियो ।सो स्वास्थ्य शिविरमा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रवक्ता राजाराम पुडासैनी लगायत नगरका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।