भेनस नेसनल कलेजको एकेडेमिक कन्फेरेन्स नर्लिंङ रिसोर्टमा

भेनस नेसनल कलेजको  एकेडेमिक कन्फेरेन्स नर्लिंङ रिसोर्टमा

कपन अनलाइन

काठमाडौं माघ १ गोकर्णेश्वर नगरपालिका वडानं ८ बेसिगाउमा संचलित भेनस नेसनल कलेजले एकेडेमिक कन्फेरेन्स गर्ने भएको छ ।लामो समय देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको भेनस नेसनल कलेजले  माघ ३ गते नर्लिंग रिसोर्टमा एकेडेमिक कन्फेरेन्स गर्न लागेको हो ।शनिबार १० बजे देखि  शुरु हुने उक्त कार्यक्रममा ख्यातिप्राप्त  ब्यक्तिहरुको प्रस्तुतिकरण रहने छ।

बिभिन्न विधामा आफुलाई अब्बल बनाउदै आएको भेनस नेसनल कलेजले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रम गर्दै आएको छ ।त्यसमा  शिक्षकहरुलाई थप परिस्कृत पार्नको लागि सो सम्मेलन आयोजना गर्न लागिएको शैक्षिक गुणस्तर र सिकाई उपलब्धीमा सुदृढीकरण गर्नु र आगामी शैक्षिक योजना बनाउन थप मद्दत पुर्‍याउनु यस कार्यक्रमको उद्देश्य रहेको कलेजले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।