चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

कपन अनलाइन

काठमाडौं ,पुस २८ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज विहान अं. ०१:३० बजेको समयमा काठमाण्डौं चन्द्रागिरी
नगरपालिका वडा नं. २ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्ग र वर्ष १८ को आईतराज
तामाङ्गलाई प्रदेश ३-०२-०११प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक
भट्टराईले दिए।
किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाण्डौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३-०२,०१४ प ०३३९ रहेको बताएको छ ।

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक
कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।