गोकर्णेश्वर ३ तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको टप ५ मा पुगे ,थप भोट गर्न अपिल!

गोकर्णेश्वर ३ तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको टप ५ मा पुगे ,थप भोट गर्न अपिल!

कपन अनलाइन

काठमाडौं, पौष २८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा  नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको टप ५ मा  पुग्न सफल भएका छन ।बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको बताउने गोकर्णेश्वर ३ का सुरेश लामालाइ  संगित प्रतिको रुचि र साधना सहित उनका समर्थकहरुको सहयोगले   टप ५ मा पुर्याएको छ ।

वाई–वाई नेपाल स्टारका प्रतिस्पर्धी सुरेश लामालाइ  ३० लाख रुपैया पुरस्कार सहितको उपाधि जिताउन सुरेश लामा  जिताऔं समिति  बिभिन्न कार्यक्रम समेत गर्दै आएको छ । नेपाल टेलिभिजनबाट हरेक शनिवार प्रसारित हुने गायन रियालिटी शोको टप ५ मा  पुगेकाले प्रतिभाको प्रोत्साहनका साथै उपाधि जिताउन गठित समितिले बिभिन्न आभियानहरु संचालन गरिरहेको छ।  समितिले बिभिन्न ब्यक्तिहरु संगको भेटघाट, र्याली ,पम्प्लेट ब्यानर टाँस लगायतको गतिबिधि मार्फत  भोट अपिल गरिरहेको छ।

सुरेश लामा आफ्नो दरिलो र मिठासपुर्ण आवाजका कारण सबै दर्शकको मन जित्न सफल भएका छन । उनको कला र गलाको जादुले दर्शक मात्र हैन निर्णायकहरुको समेत माया पाउन सफल भएका  छन। नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको टपमा पुगे पछि निर्णायकको  हातमा नहुने भएकाले सुरेशलाई  अहिले गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधि देखि लिएर बिभिन्न राजनीतिज्ञ ,समाजसेवी एबम सर्वसाधारणहरुले समेत  दरिलो साथ दिएका छन्।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे प्रमुख सल्लाहकार दिपक रिसाल वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी समाजसेवी युवा नेता कुमारराज सुवेदी  लगायत गोकर्णेश्वर नगरपालिका भित्र रहेका बिभिन्न क्लब, संघ संस्थाका प्रतिनिधिहरुले  समेत   गोकर्णेश्वर नगरपालिका क्षेत्रको प्रतिभाको कला र गलाको मूल्याङ्कन गर्दै सुरेश लामालाइ भोट गर्न अपिल गरिरहेका  छन् ।सुरेशले  भोट गरि टप ५ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै थप भोटका लागि सबैलाई आग्रह गरेका छन् । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।

सुरेशले  अपार माया र सद्भाव प्रति सधै भरी आफु आभारी र कृतज्ञ  रहेको भन्दै   आगामी दिनहरुमा पनि यसै गरी साथ, माया र हौसला दिइ रहनु हुनेछ भन्ने पुर्ण बिश्वास लिएको बताउदै आफुलाई अत्याधिक भोट दिनको लागि सबै संग अपिल  गरेका छन ।

तपाइँको प्रतिक्रिया ।