पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा शुरु

पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा शुरु

कपन अनलाइन

काठमाडौं पौष २७। गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा रहेको पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ बार्षिक साधारण सभा आइतबार बाट शुरु भएको छ। कोरोना महामारीका कारण सहकारी विभागले जारी गरेको निर्देशिका अनुसार संस्थाको १४ औं वार्षिक साधारणसभा पुस २६ गते आइतबार बाट शुरु गरिएको हो।

२०७७ पौष २६  देखि २९ गतेसम्म संस्थाकै कार्यालयमा सदस्यहरु उपस्थित भई  उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्दै वार्षिक प्रतिवेदनका सन्दर्भमा आफ्ना धारणाहरु राख्नेछन । संस्थाका विभिन्न उपसमितिहरु लगायतको उपस्थितिमा सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समेट्दै निर्णय लेखन तथा साधारण सभा समापन गरिने जानकारी संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी गराएका छन। आइतबार एक कार्यक्रमका बीच १४औं बार्षिक साधारण सभाको उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा वडा सदस्य बाल कृष्ण श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग गोकर्णका कार्यलय प्रमुख प्रहरी नायब निरिक्षक ज्ञान कुमार कट्टेल गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठ संस्थाका सेयर सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष हरि कृष्ण श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन सचिब ज्ञान देबी श्रेष्ठले गरेकी थिइन ।राष्ट्रिय गान संगै  शुरु भएको कार्यक्रममा प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

संस्थाका उपाध्यक्ष प्रेमलाल श्रेष्ठले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए कार्यक्रममा पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि कृष्ण श्रेष्ठके बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। उनले   बन्दाबन्दीकै समयमा विभिन्न उपायहरु अवलम्वन गरि सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर सदस्यलाई नगद भुक्तानी सेवा प्रदान  लगायतका कार्यहरु को बारेमा जानकारी गराएका थिए।  संस्थालाई उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्नको लागि नीति, विधि र प्रविधिको माध्यमबाट अघि बढाउदै लगिने रणनीतिरहेको  अध्यक्ष श्रेष्ठले  बताएका थिए ।

कार्यक्रममा लेखा समिति संयोजक कृष्ण भक्त श्रेष्ठले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने भएकोले विपन्न समुदायमा पुँजी लगानी गरि उद्यमी तथा व्यवसायी बनाउन आवश्यक रहेको बताएका थिए  । सहुलियत दरमा लगानी गरि यहाँका विपन्न समुदायको आर्थिक सशक्तिकरण हुने गरि कार्यक्रम ल्याउन सुझाव दिदै त्यस्ता कार्यक्रममा वडाको पनि सहयोग रहने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।