नेपाल कम्युनिस्ट पार्टी काठमाडौं -३ को भेला तथा पार्टी प्रवेस कार्यक्रम सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं -३ को भेला तथा पार्टी प्रवेस कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस २६।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं -३ को भेला तथा पार्टी प्रवेस कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख आतिथायतामा भएको उक्त कार्यक्रममा काठमाडौं क्षेत्र नम ३ का दर्जनौ व्यक्तिहरु नेकपा प्रवेस गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ  , नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं अध्यक्ष कृष्ण राई , बागमती प्रदेसका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाल,नेकपा केन्द्रीय सदस्य नारायण सिलवाल लगायतको उपस्थितिमा ड्रिम हाउस इन्टर नेसनलमा भएको उक्त सभामा वक्ताहरुले वर्तमान राजनीतिक अवस्था र नेकपाको भूमिकाका वारेमा प्रशिक्षण पनि प्रदान गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।