नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटी संयोजकमा बालकृष्ण देउजा
कपन अनलाइन
काठमाडौं ,पुस २४/दिपक विक्रम देउजा
केपी ओली नेतृत्वको नेकपाले सिन्धुपाल्चोकले जिल्ला कमिटी पुनर्गठन गरि बालकृष्ण देउजाको संयोजकत्वमा २४५ सदस्यीय नेकपा सिन्धुपाल्चोक जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ ।पहिला रहेको १४५ सदस्य जिल्ला कमिटीमा १०० जना नयाँ सदस्य थप परी २४५ सदस्य अधिवेशन आयोक कमिटी घोषणा गरेको हो ।
जिल्ला पाटी अध्यक्ष भएको ८ वर्ष सम्म पनि अधिवेशन गरि नेतृत्व हस्तान्तरण गर्ने नसकेको भन्दै निवर्तमान अध्यक्ष झम्क नेपाललाई कार्वाही स्वरुप जिल्ला कमिटी सदस्यमा घटुवा गरिएको नेकपा केन्द्रीय कमिटी सदस्य हस्त बहादुर पण्डितले कार्यक्रममा बताए ।
केन्द्रीयतहमा पार्टी भित्र कलह बढ्दै गएको समयमा अध्यक्ष झम्क नेपाल पाटीको संस्थागत निर्णय बिपरित प्रचण्ड–माधव नेपाल समूहमा लागि गुटबन्दीलाई प्रोत्साहन हुनेगरी कार्यक्रममा सहभागी हुनथाले पछि अध्यक्ष बाट कार्वाही गरिएको नेकपा केन्द्रीय कमिटी सदस्य एवम् वाग्मती प्रदेश अर्थ तथा योजना समितिका सभापति शरेस नेपालले कार्यक्रम बताए। आफुहरु तत्कालीन समयमा पञ्चायती गुण्डाहरु सँग लडाइँको मैदानमा रहेको समयमा एउटा स्कुलको शिक्षक भएर जागिरे जिन्दगी बिताइरहेका अग्नि सापकोटा र उनका गुरीलाहरुको कुरा शुन्दा आफुलाई लाज लाग्नेे बताए ।
अग्नि सापकोटा कतिको विकास प्रेमि मान्छे हुन्न उन्नकै घर छेउको सडक हेर्ने आग्रह गरे। नेकपा सचिवालय सदस्य तथा सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि पुर्व पर्यटन मन्त्री एवम् नेकपा वाग्मती प्रदेश कमिटी सचिव आन्नद पोखरेल , नेकपा केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री दावा तामाङ ,गाउँपालिका महाँसंघका केन्द्रीय अध्यक्ष होमनारायण श्रेष्ठले ,सिन्धु नेकपाका पुराना नेता धर्म कृष्ण श्रेष्ठ ,जिल्ला समन्वय समितिका उप प्रमुख बालकुमारी सापकोटा, युवासंघ केन्द्रीय सचिवालय सदस्य अशोक चौलागाईं ,नेता महेश चौलागाईं ,अनेरास्ववियु स्थायी कमिटी सदस्य चन्द्र थिङ,सचिवालय सदस्य संजीव धिताल लगाएतका नेता कार्यकर्ता को बाक्लो उपस्थितिमा रहेको थियोे ।
कार्यक्रम का वक्ताहरुले आधिकारिक नेकपा अध्यक्ष केपी ओलीले नेतृत्व गरेको नेकपानै भएको र सुर्य चिन्ह समेत आफूहरूले पाउने विश्वास व्यक्त गर्नको साथै सचिवालय सदस्य पोखरेलले अब निर्वाचनमा लाग्न सम्पुर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए। नेपाली कंग्रेस र राष्ट्रिय प्रजातन्त्र पाटी परित्याग गरि ४० जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका थए।
नवप्रवेसीहरुलाई खादा र अबिर द्वारा स्वागत गरेको थियोे । प्रचण्ड -नेपाल समूहका विश्वास पत्र मानिएका इन्द्र नेपाल ,नवराज पौडेल लगाएत १ दर्जन भन्दा धेरै जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियोे । नेकपा सिन्धुपाल्चोकका संयोजक देउजा सिन्धु कम्युनिस्टका पुराना हस्तीर बौद्धिक नेता मानिन्छ । भने सह- संयोजक धिमालकोटी चौतारा सँगाचोक गढी नगरपालिका कमिटीका अध्यक्ष हुन्न भेलाले उमा प्रधानको नेतृत्वमा ५५ सदस्यीय अखिल नेपाल महिला संघ जिल्ला कमिटी समेत घोषणा गरेको छ।खाडी चौरमा भएको उक्त भेलामा सभापतित्व बालकृष्ण देउजाले गरेका थिए।