लायन्स कपडा बैक मार्फत सिन्धुपाल्चोक मेलम्चीका बिद्यार्थीलाइ जाडोको लागि न्यानो कपडा वितरण
कपन अनलाइन
काठमाडौं,पौष २४ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गत काठमाडौँका उत्तरपूर्व भेगमा रहेका ३८ वटा विभिन्न लायन्स क्लबहरूको सक्रियतामा बिभिन्न बिद्यालय तथा संघ सस्थाहरुलाई कपडा बैंक मार्फत जाडोको लागि न्यानो कपडा वितरण गर्दै आएको छ हामी सेवा गर्छौ भन्ने मुला नाराको साथमा बिहिबार मेलम्ची नगरपालिकाका दुइ वटा बिद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाइ जाडोको लागि न्यानो कपडा अन्तर्गत स्वीटरर टोपीको साथै शैक्षिक सामग्री वितरण गरिएको छ।
डिस्ट्रिक ३२५ ए१को उत्तर पुर्बी भेगमा रहेका ३८ वटा लायन्स क्लब अन्तर्गत लायन्स क्लब अफ काठमाडौं एस एम एस, काठमाडौं गौतम बुद्द, लायन्स क्लब अफ काठमाडौं कोल्याबोरेटर र लायन्स क्लब अफ काठमाडौं हेल्पिंग ह्यान्ड्सकोको संयोजनमा बिहिबार सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ३ दहपोखरीको श्री थुंगेडाडा आधारभूत बिध्यालयमा बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत करिब ३५ जना बिद्यार्थीहरुको लागि जाडोको लागि कपडा बैंक मार्फत टोपी र स्विटर वितरण लायन्स डिस्ट्रिक चियरपर्सन लायन ठण्डराज ठकुरीले जानकारी गराए ।
त्यसैगरि सोहि बिध्यालयमा लायन्स क्लब अफ काठमाडौं सिम्रिक, लायन्स क्लब अफ काठमाडौं माकालबारी, लायन्स क्लब अफ काठमाडौं उत्तरबहिनि , बागमती नर्थ, गुप्ती गणेश, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर लियो क्लब अफ काठमाडौं सिम्रिक र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरले संयुक्त रुपमा शैक्षिक सामग्री र खेलकुदका सामग्रीहरु बिध्यालयका प्रधानाध्यापक राम बहादुर न्यौपानेलाइ हस्तान्तरण गरेका थिए।
त्यसै गरि कपडा बैंक मार्फत सिन्धुपाल्चोककोथकनी – ६ पाटीभञ्ज्याङ् स्थित ठुलो थकनी माध्यमिक बिध्यालयमा अध्ययनरत करिब १३० जना बिद्यार्थीहरुको लागि जाडोको लागि न्यानो कपडा अन्तर्गत टोपी स्वीटर बिद्यालयका सहायक प्रधानाध्यापक तिलकराज खत्री लाइ हस्तान्तरण गरेका थिए।
उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठ, जी एम टि लायन धर्म शरण श्रेष्ठ, जोन चियर पर्सन लायन गंगालाल श्रेष्ठ, डिस्ट्रिक चियरपर्सन लायन ठण्ड राज ठकुरी लायन उमेश ढुंगाना, लायन्स क्लब अफ काठमाडौं थर्ड आइका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझी , लायन रोशन बाबु श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लायन सुमन तिवारी लायन विजय श्रेष्ठ, लायन बाल कृष्ण श्रेष्ठ लगायत लायन्स लिडर तथा सदस्यहरु को साथै बिध्यालयका शिक्षक ,बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।