शंखरापुर नगरपालिकाको नगर गान र स्थानीय पाठ्यक्रम सार्वजनिक
कपन अनलाइन
काठमाडौं पौष २४। शंखरापुर नगरपालिकाले स्थानीय बिषयको पाठ्यपुस्तक र नगर गान सार्वजनिक गरिएको छ। कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषयको पाठ्यक्रम प्रकाशन गर्ने तयारीमा रहेको नगरपालिकाले बिहिबार कक्षा १ को पाठ्यपुस्तक र नगर गाथा समेटिएको नगर गीत शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठ र उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरेका हुन । नगरपालिका भित्रका बिद्यालय तथा नगरपालिकाका कार्यक्रममा रास्ट्रिय गान पछि गाउने गरि नगर गीत पाठ्यक्रमको अन्तिम पृष्ठमा राखिएको छ।
उक्त गीत रामेश्वर श्रेष्ठ, बिनोद मन्जन, गायत्री ढकाल दङाल र बौधराज निरौलाले रचना गरेका हुन भने वरिष्ठ संगीतकार प्रदिप बमजनको संगीत रहेको छ। उक्त गीत स्थानीय गायकहरु वीरबहादुर तामाङ च्यांगवा , प्रदिप बमजन, टीका प्रसाईं र सुस्मिता आचार्यले गाएका हुन् । संगीत संयोजन बिक्रम भन्डारीले गरेका छन।
शंखरापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले पर्यटन र कृषि लाई समृद्धिको मुख्य आधारको रुपमा नगरपालिकाले अघि बढाएको बताउदै स्थानीय पाठ्यपुस्तकको समेत आबश्यकता महसुस गरि पाठ्यपुस्तक प्रकाशन गरेको बताएका । आफुहरुले कार्यभार सम्हालेका बखत भन्दा अहिले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि संग संगै भौतिक पुर्बाधारमा नगरपालिकाले उल्लेखनीय फडको मारेको बताउदै नगरबासीको आय आर्जनमा वृद्धि को लागि समेत विभिन्न कार्यक्रम संचालन गरि रहेको जानकारी गराएका थिए ।
उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले शखरापुर नगरपालिकाको ठूलो सम्पत्तिको रुपमा रहेको कला ,साँस्कृतिक चार्डपर्व र रमणिय पर्यटकीय स्थललाई अध्ययनको विषय बनाएर पाठ्यपुस्तकको रुपमा आउनु ठुलो उपलब्धि भएको बताइन ।पश्चिमेली सँस्कृतिकको आक्रमणले ग्रस्त हाम्रो समाजमा स्थानीय विषय बस्तु समेटिएको पाठ्यपुस्तकले श्रममा विश्वास गर्ने शिक्षा प्रदानमा मद्दत पुग्ने उनले बताइन ।
कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख बौधराज निरौलाले लकडाउनका बीच पनि स्थानीय बिज्ञहरु र पाठ्यपुस्तकका बिज्ञहरु संग पटक पटक छलफल बाट पुस्तक तयार भएको बताउदै आगामी दिनमा कमि कमजोरी सुधार गर्दै अघि बढ्ने बताएका थिए । कार्यक्रममा लेखकहरु प्रकाशमान सक्व, रामेश्वर श्रेष्ठ, समालोचक बिनोद मन्जन र वरिष्ठ संगीतकार एबम प्राध्यापक प्रदिप बमजनले पुस्तकबारे चर्चा गरेका थिए ।कार्यक्रममा नगर प्रमुख सुवर्ण श्रेष्ठले लेखक तथा सर्जकहरु बिनोद मन्जन, रामेश्वर श्रेष्ठ, प्रकाशमान सक्व,गायत्री ढकाल दंगाल, बिक्रम भण्डारी, प्रदिप बमजन लगायतका लाई कदर पत्र द्वारा सम्मान गरेका थिए।
कार्यक्रममा भाग्योदय मा.बि का सहायक प्रधानाध्यापक गायत्री ढकाल दंगालले पुस्तकमा नगरपालिकाको चिनारीका साथै भौगोलिक, सामाजिक सांस्कृतिक, पर्यावरणीय, आर्थिक, ऐतिहासिकलगायतका विषय समेटिएको हुँदा विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्य स्थानीय पाठ्यक्रमले लिएको हुँदा ‘पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने बिस्वास ब्यक्त गरिन आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझ्न स्थानीय पाठ्यक्रम महत्वपुर्ण हुने पनि बताइन । कार्यक्रममा उग्रतारा मा.बि. का प्रधानाध्यापक डम्बर बहादुर घ्लानले मौलिक सँस्कृति र पहिचान झल्कने बिषय बस्तु पाठ्यपुस्तकमा समेटिनु राम्रो भएको बताए ।