वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई साहित्य चेतना पुरस्कार

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई साहित्य चेतना पुरस्कार

कपन अनलाइन

काठमाडौं ,पुस २३ ।

चेतना संरक्षण प्रतिष्ठान नेपालले वि.सं. २०७७ सालको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी रु. १,०१,००० (एकलाख एकहजार) र सम्मान रहेको कुरा प्रतिष्ठानले जनाएको छ।

वरिष्ठ साहित्यकार पुडासैनीका हिमालका आवाज, समयको सहीछाप, सहर बिनाको सहर, पहाड र प्रेम, आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, उज्यालो खोजिरहेको घाम जस्ता कवितासङ्ग्रहहरू, यात्राका प्रेमिल तरङ्गहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग र पर्खालभित्रको राजधानी जस्ता नियात्रासङ्ग्रहहरू र धर्मको ह्याङ्गओभर जस्ता दर्शन विधाका कृतिहरू प्रकासित भएका छन ।

समाजेसेवी हरिभक्त सिटौलाद्वारा आफ्नो बुबाआमाको नाममा उक्त पुरस्कार स्थापना गरेका हुन्  । उक्त पुरस्कार प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा २०७७ माघ २४ गते बिराटनगरमा विशेष समारोहका साथ समर्पण गरिने  प्रतिष्ठानले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।