नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन,अध्यक्षमा बस्नेत र सचिवमा सुवेदी चयन

नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन,अध्यक्षमा बस्नेत र सचिवमा सुवेदी चयन

कपन अनलाइन

काठमाडौं ,पुस २२ ।

केपी ओली पक्षले नेकपा ओखलढुंगा जिल्ला कमिटी पुनर्गठन गरेको छ ।

आइतबार र सोमबार भएको जिल्ला भेलाले केदारबाबु बस्नेतलाई अध्यक्ष र तीर्थ सुवेदीलाई सचिव चयन गरेको छ ।अध्यक्ष चयन भएका  बस्नेत सिद्धिचरण नगरपालिका वडा नम्बर १ तलुवाका वडाध्यक्ष हुन् भने सुवेदी चम्पादेवी गाउँपालिकाका इन्चार्ज थिए । त्यस्तै उक्त भेलाले जिल्ला कमिटी २५१ सदस्यीय बनाउने निर्णय गरेको  थियो  ।

तपाइँको प्रतिक्रिया ।