गोकर्णेश्वर ३ तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको टप ६ मा

गोकर्णेश्वर ३ तारेभिरका सुरेश लामा वाई वाई नेपाल स्टारको टप ६ मा

कपन अनलाइन

काठमाडौं, पौष २२।गोकर्णेश्वर नगरपालिका वडा नं ३ तारेभिरका सुरेश लामा  नेपाल टेलिभिजनबाट प्रसारित गायन रियालिटी शो वाई वाई नेपाल स्टारको टप ६ मा  पुग्न सफल भएका छन। टप ६ मा प्रवेश पश्चात तारेभिर आएका  प्रतिस्पर्धी लामालाइ सुरेश लामा जिताऔं सहयोग समितिले स्वागतका साथै आर्शिवाद प्रदान गरेको छ ।बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको बताउने गोकर्णेश्वर ३ का सुरेश लामालाइ  संगित प्रतिको रुचि र साधनाले  टप ६ मा पुर्याएको छ । सुरेशको उपलब्धी उनको मात्रै नभएर सम्पुर्ण गोकर्णेश्वरवासीको पनि  भएकाले सबैलाई सहयोगका सुरेश लामा जिताऔं सहयोग समिति का साथै  उनका साथी रामेश्वर बिष्ट र हरिबोल बिष्टले समेत  अनुरोध गरेका छन   ।

रियालिर्टी शोमा सहभागी भएर आफुले धेरै सिकेको र आफुले गीत संगीतबाटै समाज मुलुकलाई योगदान पुर्याउन चाहेको लामा  बताएका छन । उपाधि जिताउनका लागि आफुलाई विगतदेखि साथ सहयोग , माया गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै उपाधि विजयी गराउन अझै धेरै माया, सहयोगको लागि  आग्रह गरेका छन ।

गायन मार्फत नै गोकर्णेश्वर  सहित नेपाललाई विश्व सामु चिनाउने लक्ष्य लिएको सुरेशले  । बाँकी जिवन पनि संगितमै बिताउन चाहेको बताए ।१० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावाना भएपनि बाध्यताले पिल्सिएर बैदेशिक रोजगारको लागि मलेसिया भासिएका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो ।

आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताउछन  । पहिलो पटक रियालिटी शोमा प्रतिष्पर्धा गरेका लामाले अडिसनबाटै सबैको मन जित्दै आएका छन् । सुरेशले  भोट गरि टप ६ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै थप भोटका लागि सबैलाई आग्रह गरेका छन् । सुरेश लामालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा NS18 लेखेर 33001  मा पठाउन सकिनेछ  । साथै Nepal Television को एप्लिकेसन डाउनलोड गरेर पनि भोट गर्न सकिनेछ ।

https://fb.watch/2R89055VQj/

 

 

तपाइँको प्रतिक्रिया ।