कागेश्वरी मनोहरा नगरपालिका १ को उपभोक्ता समिति गठन सम्बन्धि सार्वजनिक सुचना

कागेश्वरी मनोहरा नगरपालिका १ को  उपभोक्ता समिति गठन सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, पौष २१।  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ ले उपभोक्ता समिति गठन सम्बन्धि सार्वजनिक सुचना जारी गरेको छ । वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलले जारी गरेको उक्त  सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित ढकालगाउँ- पुवांरगाउँ सडक निर्माणको लागि शहरी विकास मन्त्रालय भवन निर्माण तथा सहरी विकास बिभाग बाट रु  २० लाख बिनियोजन भएकोले  उपभोक्ता समिति निर्माण गरि कार्य अगाडी बढाउन २०७७ साल  पौष २२ गते  बिहान ८ बजे कृष्ण मन्दिर प्राङ्गणमा सरोकारवाला सबैलाइ  उपस्थितिको लागि सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ  ।

तपाइँको प्रतिक्रिया ।