उत्तरगया शसक्तीकरण समुह गोकर्णेश्वर ४ को कोरोना चेतना कार्यक्रम शुरु

उत्तरगया शसक्तीकरण समुह गोकर्णेश्वर ४ को कोरोना चेतना कार्यक्रम शुरु

कपन अनलाइन

काठमाडौं, पौष २१  ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सहकार्यमा उत्तरगया सशक्तीकरण समुहको आयोजनामा कोरोना भाइरस (कोभिड १९) बारे चेतनामुलक कार्यक्रमको  शुरुवात गरिएको छ । ५ दिन सम्म चल्ने सो अभियान आज बाट सुरु गरिएको हो।  गोकर्णेश्वर नगरपालिका वडा नं ४ को कार्यलयमा उत्तरगया शसक्तिकरण समुहको आयोजनामा गरिएको सो  कार्यक्रमको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय  लगायत उत्तरगया शसक्तिकरण समुहको पदाधिकारी कर्मचारी  सहित स्थानीयको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता कार्यलयमा उत्तरगया शसक्तिकरण समुहको अध्यक्ष मीना गुरुङ ले गरेकी थिइन् पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमि आए पनि सचेतना आवश्यक भएको हुँदा उक्त समूहले गोकर्णेश्वर नगरपालिका वडा नं ४ को बिभिन्न स्थानमा सचेतना  जगाउने काम गर्ने  जानकारी गराइएको थियो ।

 ‘सावधानी अपनाउदै ’, ‘भौतिक दूरी कायम गरि  ‘आफू बाच्दै   अरूलाई पनि बचाउनको लागि सचेतना आवश्यक रहेको कार्यक्रममा बोल्ने बक्ताहरुको भनाइ रहेको थियो स्वास्थ्य सुरक्षा साबधानीका  साथ सामान्य जीवनमा फर्कन आवश्यक रहेको बताएका थिए ।सरकारले लकडाउन खुला गरेसँगै आम मानिसले सावधानी नअपनाउँदा संक्रमणको जोखिम कायम रहेको  हुँदा स्वास्थ्य सुरक्षा साबधानी अपनाउनु पर्ने धारणा राखेका थिए । उनीहरुले कोरोना संक्रमण एकल प्रयास बाट नियन्त्रणमा ल्याउन नसकिने हुँदा सामुहिक प्रयास आवश्यक रहेको बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।