‘शंखरापुर सन्देश’ बुलेटिनको प्रथम अंक नगर प्रमुख सुवर्ण श्रेष्ठ द्वारा बिमोचन

‘शंखरापुर सन्देश’ बुलेटिनको प्रथम अंक नगर प्रमुख सुवर्ण श्रेष्ठ द्वारा बिमोचन

कपन अनलाइन

काठमाडौँ, पौष २१ । शंखरापुर नगरपालिका द्वारा प्रकाशित गरेको शंखरापुर सन्देश बुलेटिनको बिमोचन गरिएको छ ।सोमबार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बीच  नगर प्रमुख  सुबर्ण श्रेष्ठले उक्त बुलेटिनको प्रथम अंक  बिमोचन गरेका हुन ।

नगरपालिकाले सम्पादन गरेका मुख्य(मुख्य कामहरुलाई बुलेटिन मार्फत प्रकाशन गरिने जनाईएको छ ।सूचनामूलक बुलेटीन चौमासिक रुपमा प्रकाशन गरिने नगरपालिकाले जनाएको छ । बुलेटिनमा नगरपालिकाले  सम्पादन गरेका मुख्य मुख्य कामकार्य, विभिन्न शाखाका गतिविधि, बित्तिय प्रगति, नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था लगायत अन्य निकायका गतिविधिहरु प्रकाशन गरिदै जाने प्रमुख प्रशासकीय अधिकृत  भोजराज  खतिवडाले जानकारी गराए ।

 शंखरापुर सन्देश बुलेटिनको बिमोचन गर्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले  नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन र अन्य गतिविधि बाहिर ल्याउन बुलेटिन प्रभावकारि हुने बिश्वास ब्यक्त गरेका थिए ।सूचना पाउनु  जनताको मौलिक अधिकार भएकोले नगरपालिका द्वारा संचालन गरिरहेका कामहरुको जानकारी दिन बुलेटिन प्रकाशनको अबधारणा अघि सारेको  जानकारी दिदै  श्रेष्ठले चौमासिक रुपमा प्रकाशित हुने उक्त बुलेटिनले नगरबासी र नगरपालिका बीच पुलको काम गर्ने  बताए ।

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पुर्बाधारको बिकासमा नगर भित्र  उल्लेखनीय कामहरु भइरहेको तर प्रचार प्रसार मार्फत जनता सामु नपुगेकोले बुलेटिन मार्फत जानकारी दिने उदेश्यले बुलेटिन प्रकाशित गरिएको बताए । बुलेटिनलाई आगमि दिनमा परिस्कृत गर्दै लैजाने उनको भनाइ रहेको थियो  ।

कोबिड -१९ कोरोना भाइरस संक्रमण रोकथाम ,राहत वितरण  भौतिक पुर्बाधार तर्फ सडक, खानेपानी,बिद्यालय, सामुदायिक भबन निर्माण लगायतका विकास निर्माणका कामहरुलाई समेत उक्त बुलेटिनमा समाबेश गरिएको छ  ।त्यसै गरि हाल सम्म तयार भएका योजनाका डी पी आरको बिवरण ,सम्पदा बस्ति लाभ ग्राही सम्बन्धि बिवरण  न्यायिक समिति द्वारा सम्पादन गरिएका हाल सम्मको कार्य बिवरण , आर्थिक प्रगति ,सुचना लगायतको बिषय समेटिएको छ ।कार्यक्रममा नगर प्रवक्ता  हितमान तामांग लगायतले शुभकामना मन्तब्य राखेका थिए

 

तपाइँको प्रतिक्रिया ।