गोकर्णेश्वर नगरपालिकाको छैटौं नगर सभा सम्पन्न

गोकर्णेश्वर नगरपालिकाको छैटौं नगर सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष २१ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को  छैटौं नगर सभा सम्पन्न भएको छ। पौष १७ गते बाट  धुलिखेल स्थित धुलिखेल लज रिसोर्टमा  शुरु भएको उक्त नगर सभा पौष  २० गते सम्पन्न भएको हो  कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह रहेका थिए भने बिशेष अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा,  नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानिया,  गोकर्णेश्वर नगरपालिका  उप प्रमुख  शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत  राम प्रसाद आचार्य, शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल  ९ वटै वडाका वडा अध्यक्षहरु वडा सदस्यहरु कार्यपालिका सदस्यहरुको साथै कर्मचारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरेका थिए भने कार्यक्रम संचालन प्रशासन प्रमुख टंक नाथ घिमिरेले गरेका थिए।राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा एक मिनेट ज्ञात अज्ञात सहिदप्रति १ मिनेट मौन धारण गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पानसमा दिप प्रज्वलन सहित गरेका थिए।कार्यक्रममा नगर प्रवक्ता एबम गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले न्यायिक समितिले गर्दै आएका कामको बारेमा जानकारी गराएकी थिइन।  उनले  न्यायिक समितिको कार्य उजुरीहरु र फर्छ्यौटको अवस्थाको बारेमा जानकारी दिदै  गत आ वा को बाँकी उजुरीहरु  ४२ वटा रहेको र चालु आ व  को हाल सम्म दर्ता भएका उजुरीहरुको संख्या ४६ वटा रहेको जानकारी गराइन । न्यायिक समितिले मेलमिलापको माध्यम बाट न्याय सम्पादन गरेको जानकारी दिदै मिला पत्र  २ वटा गरिएको र फैसला २ वटा गरिएको जानकारी दिदै तामेलीमा ५ वटा  गरि जम्मा  ९ वटा फर्छ्यौट गरिएको जानकारी गराइन। उनले न्याय सम्पादनमा न्याय अधिकृतको बेवास्था हुँदा काम कारवाहीमा समस्या रहेको पनि जानकारी गराएकी थिइन्।

उनले न्यायिक प्रक्रिया आफैमा जटिल बिषय बस्तु भएको र न्याय सम्पादन  निष्पक्षता राजनैतिक पृष्ठभुमि बाट आएका ब्यक्ति बाट प्रमाणित गर्नु पर्ने चुनौती  रहेको बताइन। मध्यस्थताबाट विवादका पक्ष विपक्षबीच सौहार्दता, मेलमिलाप तथा जित–जितको सिद्धान्तबाट विवाद समाधान गरिरेको उनले बताइन् । उनले भनिन्– “न्यायिक समितिबाट सम्भव भएसम्म सरोकारवालाबीच मेलमिलाप गराएर दुवै पक्षको जित हुने गरी न्यायिक निर्णय गर्ने गरेको जानकारी गराइन  ।” कोभिड लगायतको कारणले पनि न्याय सम्पादनमा प्रभाब पारेको बताइन।

कार्यक्रममा वडाअध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नेपाली काग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण सबुज बानिया, बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह  लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख सन्तोष चालिसेले उपस्थित सबैलाई धन्यबाद दिदै नगरपालिकाले गर्दै आएका कार्यको बारेमा जानकारी गराएका थिए।  उनले आर्थिक वर्ष १०७७/७८मा संचालित आयोजनाको प्रगति बिवरण, ५ बर्षको कुल अनुमानित बजेट, भौतिक पूर्वाधार तर्फ प्रमुख ठोस उपलब्धीहरु  महिला बालबालिका तथा सामाजिक तर्फ भएका कामहरु आर्थिक विकास ,सुचना प्रबिधिको विकास, गोकर्णेश्वर नगरपालिका बाट पारित र प्रकाशित भई लागु भएका कानुनहरुको बारेमा समेत जानकारी गराएका थिए।

नगरसभामा चालु  आर्थिक वर्ष २०७७/ ७८ को बाँकी अवधिमा संचालन गर्नु पर्ने योजना कार्यक्रमहरु , आर्थिक बिधयक, २०७७ समबन्धमा , बिनियोजन बिधेयक, २०७७ समबन्धमा शिक्षा विधयेक २०७७ र विविध एजेन्डामा छलफल गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।