काठमाडौं महानगरपालिका  वडा नं ६को रामहिटी वारुणयन्त्र देखि सिमलटार सडक ढलान तथा कालोपत्रे सम्पन्न

काठमाडौं महानगरपालिका  वडा नं ६को रामहिटी वारुणयन्त्र देखि सिमलटार सडक ढलान तथा कालोपत्रे सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष २२।  काठमाडौं महानगरपालिका  वडा नं ६ स्थित महानगर वारुणयन्त्र रामहिटी  देखि सिमलटार सडक ढलान तथा कालोपत्रे  सम्पन्न भएको छ।  काठमाडौं महानगरपालिका वडा नं ६ले करिब (१,७०,०३७.४७ )कर सहित स्टमेटमा १,१२२८.२४७ .२६ रुपैयाको कार्यादेश रकममा उक्त क्षेत्रको सडक ढलान र कालोपत्रे  गरिएको हो  २०७७ साल भाद्र २८ गते कार्यादेश दिइएको उक्त सडक २०७८ साल बैशाख २८ गते सम्पन्न गर्नु पर्ने मिति रहे पनि चाडैनै उक्त सडक ढलान भएको हो। बालाजु निर्माण सेवाले लक्ष्य अघिनै काम सकेका हुन्।

कोरोनाको त्रास र लकडाउनका कारण कतिपय विकास आयोजना प्रभावित बनिरहेको अवस्थामा  काठमाडौं महानगरपालिका वडा नं ६ द्वारा सञ्चालित यो आयोजनाका निर्माण व्यवसायीले स्थानीय मजदुर र उपकरण परिचालन गरेर लक्ष्य अघिनै काम सकेका हुन् ।ढलानलाई टिकाउ बनाउन केही दिन गाडी चल्न रोक लगाइएको वडा अध्यक्ष दिपेन्द्र लामाले बताए।   उनले वडाको धेरै ठाउमा विकास निर्माणको काम भएको जानकारी दिदै विकास निर्माणका काममा सरकारी निकाय र स्थानीयको निरन्तर अनुगमन र खबरदारी आवश्यक रहको बताए । योजनाको गुणस्तर र समयमा पूरा गर्न भने स्थानीय स्तरबाट अनुगमन र खबरदारी गर्नपर्ने पनि उनले बताए ।सडक ढलान तथा कालोपत्रे भए संगै स्थानीय खुसि भएका छन ।

 उक्त सडक ढलान कार्यको अनुगमनमा वडा अध्यक्ष दिपेन्द्र लामा वडा सदस्य जयराम पुडासैनी, वडा सदस्य भगवान थापा पुगेका थिए । उनीहरुले गुणस्तरीय काम गर्न निर्देशन समेत दिएका थिए ।

तपाइँको प्रतिक्रिया ।