निर्वाचन घोषणाको समर्थनमा र्याली सहित ओखलढुंगामा नेकपाको अगुवा कार्यकर्ता भेला

निर्वाचन घोषणाको समर्थनमा र्याली सहित ओखलढुंगामा नेकपाको अगुवा कार्यकर्ता भेला

कपन अनलाइन

ओखलढुंगा ,पुस १९।

निर्वाचन घोषणाको समर्थनमा र्याली सहित ओखलढुंगामा नेकपाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। सरकारले  गरेको निर्वाचन गर्ने  घोषणाको समर्थनमा भएको र्यालीले ओखलढुंगा बजारको परिक्रमा गरेर भेलामा परिणत भएको थियो।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्यहरु बालकृष्ण ढुंगेल ,किशोर अधिकारी ,अम्बिरबाबु गुरुङ ,नानीबाबु बुढाथोकी, मोहन श्रेष्ठ ,सकुन्तला राज भण्डारी सहित नेकपा ओखलढुंगाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको सो भेलामा वक्ताहरुले विभिन्न राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए।

नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद र समुहबन्दी संगै ओखलढुंगा जिल्लाको राजनीति निकै तरंगित बनेको समयमा आयोजना गरिएको उक्त भेलामा बालकृष्ण ढुंगेलको उपस्थितिलाई धेरैले अर्थपूर्ण रुपमा लिएको एक सहभागीले बताए।

ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र जिल्ला अध्यक्ष मोहन कुमार खड्काले प्रचण्ड -माधव नेपाल पक्षका भेला तथा बैठक गरेपछी भएको ओली पक्षको उक्त भेलामा ओखलढुंगा जिल्लाका अधिकांश प्रभावशाली बामपन्थी नेताहरुको उपस्थिति रहेको बताउदै ति कार्यकर्ताले आगामी दिनमा स्थानीय तह सम्म नै भेला तथा बैठक गर्ने निर्णय गरिएको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।