कागेश्वरी मनोहरा नगरपालिका ३ का ज्येष्ठ नागरिकलाइ जाडोको लागि न्यानो कपडा प्रदान

कागेश्वरी मनोहरा नगरपालिका ३ का ज्येष्ठ नागरिकलाइ जाडोको लागि न्यानो कपडा प्रदान

कपन अनलाइन

काठमाडौँ, पौष २१ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबासमा ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरूप न्यानो कपडा प्रदान गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाकी उप प्रमुख बिन्दु पुडासैनी सिम्खडाले वडामा रहेका ज्येष्ठ नागरिकहरुको घर घरमा पुगी उनीहरुलाई जाडोको लागि न्यानो कपडा र पौष्टिक आहार वितरण गरेकी हुन्।

 ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने  उदेश्यका साथ कागेश्वरी मनोहरा नगरपालिकाले बिभिन्न समयमा ज्येष्ठ नागरिक हरुलाई सम्मान गर्दै आएको छ। जस अनुसार सोमबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबासमा रहेका ४ जना ज्येष्ठ नागरिकहरुको घरमा पुगी जाडोको लागि न्यानो कपडाको साथै  कोभिड-१९ को उच्च जोखिममा ज्येष्ठ नागरिक भएकाले  उनीहरुलाई स्वास्थ्य सुरक्षा सचेतना प्रदान गर्नुको साथै  प्रतिरोधात्मक क्षमता अभिबृद्धिका लागि पौष्टिक आहार र स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत मास्क, पन्जा , स्यानिटाइजर प्रदान गरिएको थियो ।

हामी सबै एकदिन ज्येष्ठ नागरिक हुन्छौं। यसर्थ जेष्ठ नागरिकलाइ सम्मान गर्दै उनीहरुमा  रहेका ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रबन्ध मिलाउन नगरपालिकामा पहल गर्ने पनि उप प्रमुख बिन्दु पुडासैनी सिंखडाले जानकारी गराएकी थिइन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ का वडा सदस्य सुनकुमार नगरकोटीको पनि उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।