टोखा नगरपालिका वडा नं २ का जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान

टोखा नगरपालिका वडा नं २ का जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान

कपन अनलाइन

काठमाडौं ,पुस १९/नविना श्रेष्ठ

टोखा नगरपालिका वडा नं २ काे आयोजनामा शनिबार जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई इलेक्ट्रोनिक मग र थर्मस दिएर सम्मान गरिएको छ।

वडा २ का सदस्य पञ्चकुमारी श्रेष्ठको संयोजकमा यो कार्यक्रम गरीएको र गत वर्षहरुमा जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई  इलेक्ट्रोनिक मग र थर्मस प्रदान गरिएको  वडा नं २ का अध्यक्ष दिपक राज जोशीले जानकारी दिएका छन ।

कोभिड-१९ लाई मध्यनजर गरी कार्यक्रम धेरै समय नलम्बाएको जोशीले बताए। वडा नं २ का सदस्य कार्यक्रमका संयोजक पञ्च कुमारी श्रेष्ठले आफू वडामा सदस्य चुनिएर आउनुमाजेष्ठ नागरिक हरूको साथ माया आशीर्वाद रहेको बताउदै हिजोको दिनमा टोखा यतिको विकास हुनुमा उहाँहरुको ठूलो योगदान र भूमिका रहेकोले यस्तो कार्यक्रम गर्न  पाउँदा खुसीलागेको बताएकी छन ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, वडा नं २ का सदस्य हेराकाजी डंगोल, सदस्य प्रतिमा हिङ्गमाग, वडा सचिव शालिग्राम गौतम, वडा २ का का.स पार्वती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

(नविना श्रेष्ठ  सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।