गेट कलेज,बुढानिलकण्ठ विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको संजालमा

गेट कलेज,बुढानिलकण्ठ विश्वकै उत्कृष्ट ईएचएल विश्वविद्यालयको संजालमा

कपन अनलाइन

काठमाडौं ,पुस १७ ।

नेपालमा अन्तर्राष्ट्रिय पाठ्यक्रममा आधारित होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौं बुढानिलकण्ठ -९  स्थित ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विश्वकै पहिलो र उत्कृष्टमध्ये मानिने ईएचएल (ईएचएल.इडियू) प्राविधिक विश्वविद्यालयबाट औपचारिक सम्बन्धन पाएको छ ।

विश्वकै सबैभन्दा पुरानो आतिथ्य सत्कार प्राविधिक विश्वविद्यालयका रूपमा रहेको स्वीजरल्यान्डको ईएचएलले काठमाडौंस्थित गेट कलेजलाई नेपालमा आधिकारिक सर्टिफिकेसन कार्यक्रमका लागि छनौट गरेको हो । सन् १८८३ मा स्थापित स्विजरल्यान्डको पहिलो होटल व्यवस्थापन तथा आथित्य सत्कारसम्बन्धी प्राविधिक विश्वविद्यालय ईएचएलको विश्वका चीन, जापान, साउदी अरब, भारतसहितका देशमा ‘सर्टिफाइड’ आतिथ्य सत्कार शिक्षण संस्था सदस्य रहेकोमा नेपालको गेट कलेजले पहिलो अनुमति पाएको हो ।

‘अन्य मुलुकहरूमा ईएचएलको सम्बन्धन वा मान्यता त्यहाँका सरकारी आतिथ्य सत्कार वा होटल स्कुलहरूले पाउँदै आएकोमा नेपालमा गेट कलेजलाई औपचारिक रूपमा सर्टिफाइड स्कुलहरूको नेटवर्कको सदस्यका रूपमा चयन गर्नु हाम्रा लागि खुसी र गर्वको कुरा हो,’ गेट कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंले भने ।

स्मरण रहोस्, गेट कलेज स्वीस होटल एसोसियसन (एसएचए)को सम्बन्धन प्राप्त होटल व्यवस्थापन कलेज हो भने ईएचएलको संस्थापक पनि सोही एसोसियसन हो ।

गेट कलेजले विगत डेढ दशकदेखि होटल व्यवस्थापनमा बीएचएम तहको औपचारिक पाठ्यक्रमसहित अल्पकालीन अवधिका होटल व्यवस्थापन तथा आतिथ्य सत्कारसम्बन्धी प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्दै आएको कलेजले जानकारी दिएको छ । यसबाहेक कलेजले अस्ट्रेलिया सरकारकै राष्ट्रिय योग्यतामा आधारित पाक शिक्षा प्रशिक्षण प्रदान गर्दै आएको छ ।

सन् २००७ देखि सञ्चालन हुँदै आएको गेट कलेजमा हालसम्म नेपालीहरूबाहेक १९ देशका करिब साढे ४ हजार विद्यार्थीले होटल व्यवस्थापन र आतिथ्य सत्कारको शिक्षा लिइसकेको कलेजले जानकारी दिएको छ ।

‘विश्व नै न्यु नर्मलको अवधारणाबाट अगाडि बढिरहेको अहिलेको अवस्थामा हामी कोभिड-१९ का प्रकोपमात्र भनेर बसिरहनु उपयुक्त हुँदैन, स्वास्थ्यका तोकिएका प्रोटोकल पालना गरेर नेपालको पर्यटन उद्योगलाई ब्युँताउनुको विकल्प छैन,’ गेट कलेजद्वारा आयोजित कार्यक्रममा लकाईँले भने, ‘अबको पुनर्बहाली हुने विश्व परिवेशमा पर्यटन उद्योगका लागि विश्वस्तरीय, प्रतिष्पर्धात्मक तथा गुणस्तरीय जनशक्ति चाहिन्छ, जुन गेटको ईएचएल सर्टिफिकेसनमा आधारित शिक्षणले पूरा मद्दत गर्नेछ ।’

 

प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईंको सन्देश

ग्लोबल एकेडमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले विगत १४ वर्षमा निरन्तर वृद्धि हासिल गर्दै गएको छ । हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता व्यावसायिक तथा स्नातक तहका शिक्षा प्रदान गर्ने शिक्षालयका रूपमा रहेका छौँ, जसले आतिथ्य सत्कार उद्योगमा प्रवेश तह/प्रारम्भिक तहका रोजगारीमा संलग्न हुन चाहने सबै विद्यार्थीहरूलाई प्रशिक्षित/दीक्षित गर्दै आएका छौँ । यसको श्रेय हाम्रो मण्डिखाटारस्थित क्याम्पसलाई दिन चाहन्छौँ, जसले वितेका डेढ दशकमा १९ देशका विद्यार्थीहरूलाई गेट कलेजमा भर्ना भइ शिक्षा प्रदान गर्दै आएको छ, जहाँ नेपाली युवालाई अन्तर्राष्ट्रिय सिकाइ/शिक्षणका वातावरण सिर्जना भएको छ ।

हामीले हाम्रा विद्यार्थीहरूको सेवाका लागि विश्वस्तरीय प्रशिक्षक, उपकरण र अवसर प्राप्त गरेका छौं। यी विद्यार्थीहरू आफ्ना आर्थिक स्थितिमा कुनै भेदभाव नराखी शहर र गाउँहरूबाट आएका छन् । शिक्षाको बाटोमा यी नयाँ हात थाम्दै जान हामी हाम्रो वास्तविक ‘ड्रिम टिम’ को दृष्टिकोण र विश्वासबाट सम्भव छ भन्ने कुरा प्रमाणित गराउँदै लैजानका लागि प्राप्त सहयोग/समर्थनप्रति ऋणी छौं। हामी हाम्रा बहुमूल्य सरोकारवालाहरू बाँडिएका दृष्टिकोण र परिणामहरूप्रति निरन्तर विश्वासको पनि कदर गर्छौं, त्यसबिना यी सपना र उपलब्धिहरू सम्भव हुने थिएनन् ।

आज सन २०२१ जनवरी १ देखि गेट, ईएचएल (www.ehl.edu) का सर्टिफाइड स्कुलहरूको नेटवर्कको सदस्य बनेको कुरा यहाँहरूसमक्ष राख्न पाउँदा मलाई गर्व अनुभव भएको छ । यससँगै गेट अब स्विजरल्यान्डको पहिलो आतिथ्य अग्रणी सर्टिफिकेसन कार्यक्रमको साझेदार बनेको छ,  जुन  सन् १९८३ मा स्थापित भएको थियो । यो सर्टिफिकेसन कार्यक्रम ज्याक स्कुमीद्वारा स्थापित गरिएको थियो र स्विस होटल एसोसियसनद्वारा यसलाई अन्तर्राष्ट्रिय मापदण्डमा विकसित गरिएको थियो । ईएचएल, क्यूएस ग्लोबल आतिथ्य शिक्षा र्‍याङ्किङमा पहिलो स्थानमा छ।

हामी विश्वमा आतिथ्य शिक्षाको लागि पहिलो स्थानमा रहेको उत्कृष्टता केन्द्रको  एउटा प्रमाणित सदस्य हुन पाउँदा हर्षित र गौरवान्वित छौँ  ! विगत सात वर्षको अवधिमा हामीलाई यस योग्य तुल्याएकोमा स्वीस होटल एसोसियनप्रति हार्दिक आभारी छौँ । तपाईंहरूको कठोर पालनपोषणले प्रतिफल प्राप्त गरेको छ !

यस नयाँ मान्यताका साथ गेटले आफ्नो क्याम्पसमा सिकाइ गुणस्तरलाई थप सुदृढ बनाउनेछ र विश्वव्यापी आतिथ्य सत्कार उद्योगको लागि उच्च मापदण्डका प्रशिक्षित कर्मचारीहरूका लागि नेपाल चिनिनेछ । यस मान्यताले हाम्रा नेपाली युवाहरूलाई विश्वमा हाम्रो समृद्ध संस्कृति प्रदर्शन गर्न तथा उनीहरूका आफ्नै प्रवीणता कारण समाजमा माथि चढ्ने अवसर प्रदान गर्नेछ ।

खेमराज लकाईं, सीएचई

संस्थापक / सीईओ

……………….

गेट – ग्लोबल टुरिजम् एण्ड हस्पिटालिटी एजुकेसन

बूढानीलकण्ठ-९, मण्डिखाटार, काठमाडौं, नेपाल।

थप जानकारीको लागि: ०१-४६५०१७६/४३७६०४८

[email protected]

तपाइँको प्रतिक्रिया ।