तिन मुक्तक : अनिल चापागाई

तिन मुक्तक : अनिल चापागाई

कपन अनलाइन

काठमाडौं ,पुस १७।

मुक्तक १

गुलियो हुंदै हुंदैन चिया

आजकाल आंसु मिसिएर होला ।

उखु संगै कृषकको दिन रातको

पसिना पिसिएर होला ॥

अहं पटक्कै जिउ तताउंदैन

तातो चियाको चुस्किले नि ।

सायद ठगिएका ति गरिब

कृषकको मन चिसिएर होला ॥

मुक्तक २

चोखो मायामा औकातको

मार खानु पर्यो ।

निर्दोश यो मुटुले चोट

बार बार खानुपर्यो ॥

हनुमान भए त

म देखाइदिन्थें छाति चिरि ।

मनुष्य हुनाले पो

आफैं संग हार खानु पर्यो ॥

मुक्तक ३

के जनतामा खुसि

छायो त नेता ज्यु ।

‘के देशमा बिकाश

आयो त नेता ज्यु ॥

राजा आउ देश

बचाउ पो भन्न थाले ।

सिंहदरबारले थाहा

पायो त नेता ज्यु ॥

तपाइँको प्रतिक्रिया ।