आफ्नै प्रधानमन्त्रीमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हर्कत गरेकाले जनतामा जाने निर्णय गरियो : उर्जामन्त्री टोप बहादुर रायमाझी

आफ्नै प्रधानमन्त्रीमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हर्कत गरेकाले जनतामा जाने निर्णय गरियो : उर्जामन्त्री टोप बहादुर रायमाझी

कपन अनलाइन

काठमाडौं ,पुस १७।

ऊर्जामन्त्री टाेप बहादुर रायमाझीले पार्टी विभाजन भइसकेको र केवल विधिवतरूपमा घोषण गर्न मात्र बाँकी रहेको बताएका छन। काठमाडौँ क्षेत्र नम्बर ४ काे अगुवा कार्यकता भेलालााई सम्बाेधन गर्दै उनले सो कुरा बताएका हुन्।

सरकारलाई काम गर्न नदिएर गम्भीर भुल गरेको बताउँदै उनले भने, “आफ्नै प्रधानमन्त्रीमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने हर्कत गरेकाले प्रधानमन्त्रीले लोकतन्त्रको जगेर्ना गर्न जनतामा जाने निर्णय लिनु भएको हो।”

प्रधानमन्त्रीको सो कदमलाई अन्यथा लिन नहुने उनको मत रह्यो। ‘नयाँ जनादेशमा जाने कुरा राम्रो कुरा हो’, उनले भने, ‘यसमा हामीहरू आतिनु पर्ने केही छैन।’

आफूले केही नेताहरूलाई भनेको स्मरण गर्दै उनले सरकार ढाल्ने कुरा नगर्न सुझाव दिएको बताए। “प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट पनि हटाउने दुष्साहस गरेकाेले उहाँहरू सडकमा पुग्नुभएको हो”, उनले भने।

तपाइँको प्रतिक्रिया ।