गोकर्णेश्वर नगरपालिका वडा नं ४ को तालिम सम्बन्धी सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ,पौष १३।गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले तालिम सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ। वडा सचिव नवराज सेन द्वारा जारि गरिएको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्थाई बसोबास गर्ने इच्छुक व्यक्तिहरुका लागि CTEVT बाट निम्न तालिमहरु संचालन हुने हुँदा आवश्यक कागजात सहित Global Era Multi Service Pvt.ltd को सम्पर्क नं ९८५१०२०४४६२ बसन्त थापा , ९८१०३०३७७१ पासाङ शेर्पा, ०१- ४९१०७१५कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।तालिमहरु निम्न रहेको उक्त सुचनामा उल्लेख गरिएको छ।
१ ब्युटीसियन
२ ड्रेस मेकर
३ ड्रेस मेकर लेवल२
४ फेशन डिजाइनिंग
५ कुक
६ मोबाइल फोन रिपियर
७ कम्प्युटर हार्डवेयर
८ कृषि
९ मन्टेश्वरी रहेको छ । उक्त तालिममा सहभागी हुनको लागि आवश्यक कागजात
१) नागरिकताको फोटोकपि १ प्रति
२) फोटो २ प्रति सहित आवेदन दिने अन्तिम मिति २०७७ साल माघ ५ गते सम्म रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।