बुढानिलकण्ठमा नेकपा प्रचण्ड – माधव नेपाल पक्षको प्रदेस स्तरीय भेला सम्पन्न
कपन अनलाइन
काठमाण्डौ, पुस ११।
बुढानीलकण्ठमा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड माधव नेपाल समुहले प्रदेस स्तरीय कार्यकर्ता भेला गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य रघु पन्तको प्रमुख आतिथ्यता र नेकपा काठमाण्डौका सचिव हिमाल शर्माको विसेस आतिथ्यतामा भएको प्रदेस क्षेत्र स्तरीय सो भेलाको अध्यक्षता बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले गरेका थिए ।
नेकपा नेता अमर बिकको संचालनमा भएको सो भेलामा काठमाण्डौ जिल्ला सदस्यहरु धुर्व राज न्यौपाने, राज कुमार कार्की, उद्दव चौलागाई, कुसुम बिक , नेकपा बुढानीलकण्ठका अध्यक्ष रबिन अधिकारी लगायत अतिथी रहेका थिए।
बुढानीलकण्ठ नगरपालिका वडा -१२ इभरसाइन पार्टी प्यालेसमा भएको सो भेलामा बोल्दै प्रमुख अतिथि पन्तले नेकपाको पछिल्लो समय देखीएको विवाद र नेपाली कम्युनिस्ट आन्दोलनका विभीन्न आयाम हरुको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।