ओखलढुंगामा यज्ञराजलाई झट्का ,प्रभावशाली नेताहरु ओली पक्षमा

कपन अनलाइन

काठमाडौं ,पुस १०।

नेपाली कांग्रेसको उर्बरभुमि भने परिचित सहिदहरुको जिल्ला ओखलढुंगामा बाम गठबन्धनका तर्फ बाट विजयी बनेर चर्चा कमाएका ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारलाई झट्का लागेको छ। नेकपामा भएको तीव्र समुहबंदी र विभाजनको दौड चलिरहदा अहिले सुनुवारका पुराना सहयात्रीहरुले उनको साथ छोडेका छन।

ओखलढुंगा जिल्लाका प्रभावशाली नेताहरु किशोर अधिकारी , प्रदेस -१ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुंग,नानिबाबु बुढाथोकी ,मोहन श्रेष्ठ ,सकुन्तला राज भण्डारी,तिर्थ सुवेदी ,चन्द्र राई बाम्बुले  लगायतका नेताहरुले काठमाडौंमा एक भेला आयोजन गर्दै प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द भएर लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।कार्यक्रममा सम्बोधन गर्दै नेताहरुले जिल्लाका तल्ल तह सम्म पुगेर वर्तमान राजनीतिक घटनाक्रमहरुका वारेमा बुझाउन निर्देशन दिएका थिए।

त्यस्तै ओखलढुंगा जिल्लामा पहिलो संबिधान सभामा निर्वाचित जिल्लाका लोकप्रिय नेता बालकृष्ण ढुंगेल प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा केन्द्रीय सदस्य बने संगै तरंगित बनेको नेकपा ओखलढुंगाको राजनीतिको तरंग तालु तह सम्म पुग्ने देखिएको एक नेताले बताएका छन। ढुंगेलको प्रवेस संगै ओखलढुंगा जिल्लाका पुर्व माओवादी पक्षका नेताहरुमा तीव्र बहस र समुहबंदी शुरु भएको र त्यसमा नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्रि  रामबहादुर थापाको कदमले पनि केहि अशर पार्न सक्ने ति नेताको अनुमान रहेको छ। यो अनुमानको केन्द्रमा बादल निकट मानिने नेकपा ओखलढुंगाका अध्यक्ष मोहन खड्का परेका छन।

नेता तानातानको होडबाजी चलिरहेको अवस्थामा नेकपा चम्पादेवीको लेटर प्याडमा आफ्नो धारणा सार्वजनिक गरेका बालकृष्ण ढुंगेल निकट मानिने कतिपय नेताहरु अहिले पछाडी फर्कने अवस्थामा पुगेको एक शिक्षकले बताएका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।