बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस ७।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को इभरसाइन पार्टी प्यालेसमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडाले गरेका विभिन्न कामहरु र गतिविधिहरुका वारेमा जानकारी गराइएको थियो।

बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्की, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल , उपप्रमुख रमा राई ,प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा , नेकपा काठमाडौं जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी, कुसुम विक,नेकपा बुढानिलकण्ठका अध्यक्ष रबिन अधिकारी ,सचिव प्रदिप डंगोल,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,नेपाली कांग्रेस बुढानिलकण्ठ -१२ का उपसभापति सुनीत चालिसे लगायतको उपस्थितिमा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा वडा वासीहरुले विभिन्न सुझाव प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले वडा नं १२ ले विकास निर्माण र अन्य गतिविधिमा देखाएको सामुहिकता र प्रयास निकै राम्रो रहेको बताउदै आफ्नो तर्फ बाट सधै सकारात्मक सहयोग हुने प्रतिवदत्ता ब्यक्त गरेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।