मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,पुस ७।

मदन भण्डारी फाउन्डेसन गोकर्णेश्वरको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिकाको ड्रिम हाउस इन्टरनेसनलमा भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेकपा काठमाडौंका अध्यक्ष कृष्ण राई ,बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,मदन भण्डारी फाउन्डेसनकी केन्द्रीय सचिव पेम्बा लामा ,जिसस काठमाडौंका सदस्य उद्दव भण्डारी लगायतको उपस्थितिमा भएको उक्त रक्तदान कार्यक्रममा सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकारहरुको पनि सहभागिता रहेको थियो।

 

 

तपाइँको प्रतिक्रिया ।