बौद्ध स्तुपा अगाडी गम्भीर दुर्घटना, पोल र गेटमा क्षेती

कपन अनलाइन

काठमाडौं ,पुस ७।

काठमाडौं महानगरपालिका वडा नं ६ मा रहेको बौद्ध स्तुपा अगाडी गम्भीर दुर्घटना भएको छ । पुस ६ गते  करिव १२ बजेर ५ मिनेटको समयमा चावहिल बाट जोरपाटी जाँदै गरेको   बा १७ च ७४३ नम्बरको टाटा जेना हाइलक्स गाडी दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनामा परेर ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिकाका सन्तोष कटुवाल ,काजिमान कटुवाल ,युवराज कटुवाल ,रबिन कार्की,रमेश कार्की (वर्ष २३ ) र रमेश कार्की (वर्ष २७ ) घाइते भएका छन।

उक्त दुर्घटनामा परेर सन्तोष कटुवालको बाया गालामा चोट लागेको र  गाडीले बौद्ध गेटमा रहेको फलामे सिक्री र त्यहा भएको काठको खाबोलाई पूर्ण रुपमा क्षेती पुर्याएको प्रहरी वृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नबिन कार्कीले जानकारी दिएका छन।

निकै उच्च गतिमा आएको सो गाडीका चालकको लापरवाहीले गर्दा त्यस स्थानमा रहेको बिजुलीको पोलमा समेत क्षेती पुगेको स्थानीय प्रत्यक्ष दर्शीले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।