टोखा नगरपालिकामा कोरोना संक्रमित शंख्या ३५४२ जना पुग्यो

टोखा नगरपालिकामा कोरोना संक्रमित शंख्या ३५४२ जना पुग्यो

कपन अनलाइन

काठमाडौं ,पुस ५ /नविना श्रेष्ठ

टोखा नगरपालिकामा कोभिड-१९ कोरोना भाइरस संक्रमित सख्या बढेर ३५४२ जना पुगेकाे छ। संक्रमित महिला सख्या १५५१ जना रहेको र पुरूष संख्या १९९१ जना रहेका छन्। हाल सम्म सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा ८० जना रहेको र अस्पतालमा २ जना मात्र रहेका छन्। भने सम्पर्क विहिन ७ जना रहेका छन्। पौष ४ गते सम्मको टोखा नगरपालिकाको तथ्याङ्क अनुसार सक्रिय संक्रमित संख्या ८९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्। कोभिड-१९ कोरोना भाइरस संक्रमण वाट निको हुनेको संख्या ३४४४ जना रहेको र मृत्यु हुनेको संख्या ९ जना रहेको टोखा नगर विवरणले जनाएको छ। हाल सम्म कुल PCR परिक्षण गरिसकेका हरूको संख्या ६६६५ जना रहेको र कुल सम्पर्कमा परिक्षण गरेका संख्या भने ४०१० जना रहेका छन्।

तपाइँको प्रतिक्रिया ।