प्रतिनिधि सभा विघटनको निर्णय विरुद्द दुई कानुनका विध्यार्थी रिट लिएर सर्वोच्च अदालतमा

कपन अनलाइन

काठमाडौं ,पुस ६/सिरिष पौडेल

आइतबार प्रतिनिधि सभा विघटनको निर्णय विरुद्द दुई कानुनका विध्यार्थी रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरे लगत्तै त्यसविरुद्द कानुनका दुई विध्यार्थी सुलभ खरेल र समृत खरेल रिट लिएर सर्वोच्च पुगेका हुन् । तर रिट भने दर्ता भइसकेको छैन ।

विशेष स्रोतको अनुसार प्राविधिक परीक्षण नभएकाले रिट निवेदन दर्ता भइसकेको छैन । प्राविधिक रुपले सहि भए भोलिसम्म दर्ता हुने स्रोतको भनाइ छ । कानुनका विध्यार्थीद्वय सुलभ खरेल र समृत खरेल सहित अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर वलीले सर्वोच्चमा रिट पेश गरेका छन् ।

निवेदन

तपाइँको प्रतिक्रिया ।