गीत : विजय कट्टेल ‘छहरा’
कपन अनलाइन
काठमाडौं ,पुस ४।
मेरो देशभित्र सूनकाचुली छन्
मेरी आमा जस्तै धरती ठूली छन्
यो सृष्टि उज्यालो सवै देश जाती
यसैभित्र खुल्छ मेरो देश माथि
जतिकर्म गर्छू उतिआश फूल्छ
मेरो देशहाँस्दा मेरै भाग्य खुल्छ
यी छाँगा यी खोलानदीका मुहान
यी पाखापखेरा सूनका विहान
छङ्छङ् झरेका झरना सुसाई
मेरो देश हेर्दै म हाँस्छु रमाई
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।