खडेरीको खटपट : राजेश अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,पुस ४।
पटपटी फुटेकागर्हा गर्हा
चिच्याउँछन् असीम तृष्णाले
बङबङी सुकेका तरु तरु
छट्पटाउँछन् अखप उष्णले
सटसटी झरेका पर्णी पर्ण
लजाउँछन् नग्न स्वरुपले
डङ्डङी बज्ने खरा खहरे
आतिन्छन् आफ्नै बिरुपले
भतभतीपोल्ने शुष्कपवन
चुम्छ धर्ती गगन
छमछमी नाच्ने आद्र जलद
छुप्छ पर्खी लगन
बरबरी रुने अमित वर्षा
छोप्छ सजलनयन
भुरभुरी उड्ने प्रफुल्ल पंछी
कुर्छन् सौम्य सदन
खडेरी उदायो हरित अस्तायो
सकलधर्ती तताई
चैन हरायो खुशीबिलायो
सितलउर्वरताधपाई
चक्र घुम्यो बर्षा जागिन्
अखिल धरणी ब्यँझाई
पालुवापलायो मुस्कान मौलायो
शोषक खडेरी भगाई
खडेरीले घुर्योकुन्नी के फुर्यो
बोल्यो मधुर बाणीले
मेरो स्पर्शले गर्यौ तिमिले
अनुभव कटु उद्विग्न
भुङ्रो नछोई कसरी गम्छौ?
तातोचिसो प्रकृतिभिन्न
रात्रीनभै दिवाएक्लो
बिपनाबिना सपना
रोदननभै मुस्कान पराई
क्रूरताबिना करुणा
नर्क नभै स्वर्ग अनर्थ
अशान्तीबिनाशान्ती
अनैश्वर्य बिना ऐश्वर्य गौण
विषादअबोधको कान्ति
अड्चनबिनाको जीवनजिए
मर्दछ उर्जा जाँगरको
अल्छी,बिलासी बन्दछ चोला
अवोनती हुन्छ नागरको
कटुसत्यको ठर्रो ठक्कर नखाई
मनुज्ञानको ढोका खुल्छ कहाँ?
बिधीको चक्रमाफन्को नलाई
प्रकृति सन्तुलितहुन्नन् यहाँ
बर्षा पिउनआकुलब्याकुल
जर्जर त्रृषित भुमी
असिनपसिन भै छटपट गर्छिन्
मेरो अट्टहास सुनी
वनबिनासीशहर बसायौ
नदीपथच्यापीमहल
सिर शैलचिथोरी सडक बनायौ
वसुधामा छायो कहल
कार्वन फिँजायौ हरित हरायौ
मोहक सम्पदा भुटी
थलनिचोर्यौ जल सुकायौ
धरित्रीको कौमार्य लुटी
कलयन्त्रको प्रकृतीपीडक धुम्र
नाच्दछ नीर नभनभमा
बर्षा भाग्छिन् दूर दुनियाँमा
पठाई मलाई सुन्दर भूतलमा
घुम्छु नाच्छु प्रफुल्लमनले
मस्तीगर्दै सौम्य भूतलमा
खलबल पार्छु जलथल सारा
शासन गर्छु प्रभावीबलमा
बर्षा बोलाऊमलाई भगाऊ
चाहन्छु म सदातिम्रो भलो
मनोहर धरणीमा रम्ने भए
आफैंबनाऊतिम्रो जन्मथलो
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक