ममताको खास्टो : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसिर २९।
शीतको थोपा कर्कला पातमा
क्षण भर रहन्छ
जीवन क्षणिक भएर के भो
महत्व धेरै छ ।
दुःखको आँसु सधैँ नै पियौ
सन्तानको लागि नै
ममताको खास्टो ओढाईरह्यौ
रक्षाको लागि नै ।
दुःखका बाढी अनगिन्तीआए
तिम्रो यो जीवनमा
सधै नै यस्लाई सकारी रहयौ
मौनताको भाषामा ।
कलकल गरि बगेको खोला
ग्रीष्ममा सुक्दछ
हृदयको तिम्रो यो मिठो माया
तलबलै रहन्छ ।
शिक्षाको मार्ग दर्शन ग¥यौ
अगाडि सारेर
सन्तानको जीवन सफल पार्यौ
ज्योति नै दिएर ।
हिमाल आमा नदीको रुपमा
बहन्छिन कलकल
प्रवाह कै भेलमा अनगिन्ती कष्ट
झेल्दिस्छन पलपल ।
गडकी, सेती, कोशी र काली
अनेकन नमले
पुजित सदा गर्बित सदा
पबित्रनामले ।
जीवन भरी ठक्कर खाँदा
निरास नहुने
हिम्मत सदा अग्रसर गरि
बढी नै रहने ।
झुल्केको घाम प्रथम किरण
धर्तीको माझमा
आमाको झल्को पाएको मन
खुधीले तनमा ।
यो गौरबमय कथा छ आमा
त्यो तिम्रो शरीरमा
प्रथमपात्रतिमी नै हौ है
धर्तीको माझमा ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक