जे छ तिमी सङ्ग : पवनकुमार बुढाथोकी (कविता )

जे छ तिमी सङ्ग : पवनकुमार बुढाथोकी (कविता )

कपन अनलाइन

काठमाडौं ,मंसिर २९।

जे छ तिमीसङ
मिठै हुन्छ
त्यो भन्दा नि
तिम्रो पस्काइअझै
रवाफिलो लाग्छ !
दिलफुकाएर देउ
मरीजाने जीवनहो
के लैजानु छ र
मेरो छेउपनि
प्रसन्न चेहरा लिइआइदेउ !

हाँसीहाँसी कुरा गर
भएभरको मुस्कान छर
आजत छौँ भोलि के हुने हो
यो जिवनको के छ र भर !

जसरी ढुंगालाइ माटोको
माटोलाई ढुंगाको भर
आफ्नात यसै हुन्छन् उसै
अझ धेरै सन्तुष्टी ल्याउन
आफ्नालाइभन्दाअझ बढी
अरुलाइनै खूसीपार्ने गर !

जे गरेर सबै खुसी हुन्छ्न
सधै त्यसै मात्र गर
यसैमा लुकेको छ
सबैको आफु खुसीहुने जड !

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।