गजल : अनिल चापागाई

गजल : अनिल चापागाई

कपन अनलाइन

काठमाडौं ,मंसिर २६।

नियम कानुन सबैलाइ समान चल्नुपर्छ

भ्रष्टाचारि अपराधि सबको शिर ढल्नुपर्छ

 

के के तन्त्र हुन्छन केहि थाहा छैन मलाइ

जे भएनि गरिबको घरमा चुल्हो बल्नुपर्छ

 

जनताको मन मस्तिष्कमा देश बिकाशको

ढिलै सानै भएनि आशाको दियो जल्नुपर्छ

 

मल औजार सिंचाइ सहज उपलब्ध हुनुपरो

बांझो खेत बारिमा लटरम्म अन्न फल्नुपर्छ !

तपाइँको प्रतिक्रिया ।