लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान तथा मधुमेह सचेतना गर्ने
कपन अनलाइन
काठमाडौं मंगसिर २६ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मङ्सिर २७ गते शनिबार अर्थात् डिसेम्बर १२ गते चामुण्डा मावि नारायणटारमा बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि सुरक्षित तवरले आयोजना हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ । लायन्स क्लबले प्रत्येक तीन तीन महिनाको अन्तरालमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
मधुमेहको क्षेत्रमा समेत काम गरिरहेको लायन्स क्लबले विश्व मधुमेह दिवसको सन्धर्भ पारेर मा बिभिन्न कार्यक्रम गर्दै आइरहेको त्यसैलाई मध्यनजर गर्दै सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं डाँफेले नारायणटार स्वास्थ्य क्लिनिक प्रालि र नारायणटार फार्मेसीको प्राबिधिक सहयोगमा सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रम समेत गर्न लागिएको लायन बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए । उनले दुवै कार्यक्रममा सहभागी हुन समेत सबैलाई अनुरोध गरेका छन् ।