स्वास्थ्य सुरक्षा अपनाउदै विद्यालय खोल्ने तयारीमा गणेश मावी

कपन  अनलाइन

काठमाडौं ,मंसिर २० / निशा बराल

बुढानिलकण्ठ  नगरपालिकाले सामुदायिक बिद्यालय मंगसिर २२ बाट संचालन गर्ने निर्देसन जारि गरे पश्चात गणेस मा.वीले स्वास्थ्य सुरक्षा  अपनाउदै विद्यालय खोल्ने तयारि गरेको छ।

मंगसिर १६ गते  विद्यालय व्यवस्थापन समितिले बुढानिलकण्ठ नगरपालिकाको शिक्षा शाखाको परिपत्रलाई स्वागत गरि अभिभावकहरु संग  मंसिर  १७, १८ र १९ गते  बैठक  आयोजना गरी  स्वास्थ्य मापदण्ड पुरा गरि भौतिक दुरी कायम गरेर पहिलो चरणमा ८,९  र १०  बिहान १० बजे देखि १:३० सम्म संचालन गर्ने निर्णय गरेको छ।

१ हप्ता विद्यालय संचालन गरिसकेपक्षि स्वास्थ्य जाच गरि क्रमश अन्य कक्षाहरु  पनि संचालनमा ल्याउने निर्णय गरेको  वडा नं २ का अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिएका छन।

हप्तामा  २ पटक स्वास्थ्य को टिम र वडा समितिले विद्यालयको अनुगमन गर्ने बताउदै खड्काले वडाका अन्य विद्यालयहरुमा पनि स्वास्थ्य मापदण्ड अनुसार पठन पाठन हुने जानकारी दिएका छन।

(निशा बराल सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

तपाइँको प्रतिक्रिया ।