मध्यराति कलंकीमा चोरी
कपन अनलाइन
काठमाडौं ,मंसिर २०।
काठमाडौं कलंकी स्थित ए मे फेन्सी स्टोर्समा गए राति चोरी हुँदा तीन लाख बराबरको धनमाल क्षति भएको छ । पसलको सटर फोडेर चोरी भएको प्रहरी बृत्त कालिमाटीका डिएसपी अपिल बोहोराले बताएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । चोरले पसलमा रहेका जेन्स आइटमका सामानहरु मात्र लगेको पसलकी सञ्चालक कुमारी खत्रीले बताइन् ।
तपाइँको प्रतिक्रिया ।