गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बन्द

गोकर्णेश्वरको लायन्स आइसोलेसन केन्द्र बन्द

कपन अनलाइन

काठमाडौँ, मंगसिर १८ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा सञ्चालित “कोभिड १९ लायन्स आइसोलेसन केन्द्र” मंगलबार देखि बन्द गरिएको छ । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले गोकर्णेश्वर नगरपालिका संगको समन्वयमा राष्ट्रिय शहिद पार्कमा रहेको भवनलाइ आइसोलेसन केन्द्रको रुपमा संचालन गरेको  थियो  । असोज २२ गते देखि संचालनमा आएको उक्त आइसोलेसन केन्द्रमा चार छाक खाना तथा सामान्य ‍औषधिको ब्यवस्था समेत लायन्स क्लबले आफैले गर्दै आएको थियो  ।

 सो आइसोलेसन केन्द्र बाट ४२ जना कोरोना संक्रमितहरुले सेवा प्राप्त गरेको उक्त आइसोलेसनमा राखिएको  आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक:माइ एल सी आइ  चिफ लायन रमेश लामाले जानकारी गराए मंगलबार उक्त आइसोलेसन केन्द्रमा रहेका ५ जना संक्रमित निको भएर घर फर्के संगै सो आइसोलेसन बन्द गरिएको हो ।  मंगलबार निको भएर घर फर्कनेहरुलाई आइसोलेसन केन्द्रका संयोजक एबम मल्टिपल डिष्ट्रिक्ट ग्लोबल सर्भिस टिम कोअर्डिनेटर तथा पूर्व गभर्नर लायन अनन्त प्रसाद भेटुवाल डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर लायन रेवत बहादुर कार्की  सेकेन्ड भाइस  डिस्ट्रिक गभर्नर  लायन कर्मा गुरुङ, आइसोलेसन सेन्टर कमिटिको प्रशासन उपसमिति संयोजक  माइ एल सी आइ चिफ लायन रमेश लामा , यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायतले खादा लगाएर बिदाइ गरेका थिए।

सो कार्यक्रममा  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब , लायन श्रीचन केसी, ,आइसोलेसन सेन्टर कमिटिको परिवाहन व्यवस्थापन प्रवद्धन उप समिति संयोजक लायन धर्मशरण श्रेष्ठ,  लायन ठण्डराज ठकुरी (राजन), लायन द्वारिका श्रेष्ठ, लायन रोज बिष्ट (रोजिना) लायन मनोज सुवेदी, लायन श्रीधर पौडेल लायन राजेन्द्र कोइराला, लायन गंगालाल श्रेष्ठ  लायन शर्मिला भट्ट, लायन रेनुका श्रेष्ठ  लगायत लायन्स लिडर तथा सदस्यहरुको  उपस्थिति रहेको थियो।

 आइसोलेसन केन्द्र संचालनको  लागि विभिन्न समिति तथा उपसमितिहरु मार्फत व्यवस्थापन लगायतका कार्य हुदै आएको थियो।  गैर सरकारी संस्था बाट संचालन गरिएको उक्त आइसोलेसन केन्द्र सम्भवत नेपालको पहिलो आइसोलेसन केन्द्र हो। लायन्स क्लबले बिराटनगरमा पनि आइसोलेसन केन्द्र संचालन गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।