बुढानिलकण्ठ -१ को फुलवारी कोलोनी बाटो ढलान

बुढानिलकण्ठ -१ को फुलवारी कोलोनी बाटो ढलान
कपन अनलाइन
काठमाडौं ,मंसिर १८।
बुढानिलकण्ठ -१ को फुलवारी कोलोनी बाटो ढलान गरिएको छ। वडा नं १ मा रहेको सो कोलोनीको सडक ढलानको वडा नं  १ का अध्यक्ष सुरेन्द्र लामा ,सदस्य नवीन श्रेष्ठ  र नगरपालिकाका ईन्जिनियहरुले अनुगमन गरेका थिए।
उक्त बाटो ढलान अनुगमन गर्दै वडा अध्यक्ष लामाले वडाका अन्य स्थानमा पनि सडक पूर्वाधारको काम भैरहेको बताएका थिए।
वडा नं १ मा पर्यटन प्रवर्धनका लागि विशेष योजनाको तयारीमा रहेको जानकारी दिदै उनले  विकास अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
तपाइँको प्रतिक्रिया ।