चन्द्रागिरी नगरपालिका-१० सतुङ्गल दुई जना पुरुष कोठामै मृत फेला परे

चन्द्रागिरी नगरपालिका-१० सतुङ्गल दुई जना पुरुष कोठामै मृत फेला परे

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

काठमाडौंको सतुङ्गल र मखन क्षेत्रमा डेरा गरी बस्ने २ जना पुरुष कोठामै मृत फेला परेका हुन् ।

चन्द्रागिरी नगरपालिका-१० सतुङ्गल डेरा गरी बस्ने लमजुङ दोर्वी गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप अधिकारी आफ्नै कोठामा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौं महानगरपालिका-२४ मखन डेरा गरी बस्ने एकिन नाम, थर, वतन नखुलेका बम बहादुर श्रेष्ठ नामले चिनिने गरेका करिब ६० वर्षीय पुरुष आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

 

तपाइँको प्रतिक्रिया ।