बुढानिलकण्ठ -१० भण्डारी गार्मेन्ट-मिलनचोक सडकमा खानेपानी पाइप विस्तार,केहि दिन बाटो बन्द रहने

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

बुढानिलकण्ठ -१० भण्डारी गार्मेन्ट-मिलनचोक सडकमा खानेपानी पाइप विस्तार हुने भएकोले केहि दिन सो  बाटो बन्द रहने वडाले जानकारी दिएको छ।

वडा नं १० को सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार हुनु साथै सडक कालोपत्रेको पनि तयारी गरिएकोले केहि९ दिन सडकमा आवतजावत बन्द रहनेछ।

लामो समय देखि निर्माणाधीन रहेको सो सडकमा चाडै खानेपानी पाइप लाइन विस्तार सकिने र त्यस पश्चात सो सडकको केहि स्थानमा ढलान र अन्य भागमा कालोपत्रे हुने वडा कार्यालयले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।