श्री भिम विद्याश्रम मा वि पाँचपोखरी थाङ्पाल १ बाँसखर्कको नव निर्मित २२ कोठाको दुईवटा सुन्दर भवन आज उद्घाटन भयो । बाँसखर्कवासी वडा अध्यक्ष सुर्यमान दोङ लगायत सम्पूर्ण अभिभावक, बि ब्य स अध्यक्ष वाङ्दी दोङ, प्रधानाध्यापक अनिल तामाङ लगायत सम्पुर्ण गुरुवर्ग, विद्यार्थी भाईबहिनिहरुमा सम्पुर्ण रुपले परिपूर्ण यति सुन्दर विद्यालय भवन प्राप्त गरेकोमा हार्दिक बधाई । यो विद्यालय निर्माणमा संयोजन गर्ने नेपाल सरकार पुन:निर्माण प्राधिकरण CLPIU, DLPIU लाई धन्यवाद । आर्थिक सहयोग गर्ने एशियाली बिकास बैंक लाई धन्यवाद । भवन बनाउन जग्गा दान गर्ने ध्रुवलाल कक्षपति लगायत सम्पुर्ण जग्गादाता परिवार, भवन निर्माण गर्ने शर्मा /खानी कन्स्ट्रक्सन र वहाँको प्रतिनिधि धन बहादुर तामाङ र भवन निर्माणको सब कन्ट्राक्टर मान बहादुर बम्जन, विद्यालय निर्माणमा अहोरात्र सयोजन गर्ने सोमर बम्जन लागायत सम्पूर्ण मित्रहरुलाई कोटीकोटी धन्यवाद । भूकम्प पश्चात भौतिक पूर्वाधारको हिसाबले हामीले राम्रा राम्रा विद्यालय भवन प्राप्त गरे जस्तै शैक्षिक गुणस्तर पनि त्यतिकै राम्रो बनाउने कुरामा शिक्षक, विद्यार्थी र अभिभावकमा हार्दिक अनुरोध गर्दछु ।

तपाइँको प्रतिक्रिया ।