सुनकोशी गाउँपालिका ओखलढुंगामा ५ शैयाको अस्पताल शिलान्यास

कपन अनलाइन
ओखलढुंगा ,मंसिर १५।
सुनकोशी गाउँपालिका ओखलढुंगामा ५ शैयाको अस्पताल शिलान्यास गरिएको छ। सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीको अध्यक्षता तथा  प्रतिनिधि सभा सदस्य सासंद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यतामा उक्त अस्पताल शिलान्यास गरिएको हो।
सुनकोशी गाउँपालिका वडा नं ५ मुलखर्कमा निर्माण हुन् लागेको सो अस्पताल शिलान्यास कार्यक्रममा अस्पताल निर्माण लागि निशुल्क जग्गा प्रदान गर्ने  लिला बहादुर तामाङलाई सम्मान गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।