सुवासलाई एसकेआईएफको सम्मान

कपन अनलाइन
काठमाडौं, मंसिर १५  ।
नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
कोरोना भाइरस (कोभिड– १९) को अवधिमा भएका राष्ट्रिय तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेकोमा सुवासलाई नगद ५० हजारसहित प्रशंसा पत्र प्रदान गरियो । त्यस अवधिमा सुवासले १ राष्ट्रिय तथा ४ अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगितामा सहभागिता जनाउदै ३ स्वर्ण, १ रजत र १ कांस्य जितेका थिए । उनले माल्टाको प्रतियोगितामा १ रजत, भारत र फिलिपिन्समा भएको प्रतियोगितामा समान १–१ स्वर्ण तथा भारतमै भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा १ कांस्य जितेका थिए । राष्ट्रिय प्रतियोगितामा पनि सुवासले स्वर्ण जिते । सबै प्रतियोगितामा उनले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।
संघका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्य, महासचिव दिलेन्द्रगोविन्द वैद्यलगायतका पदाधिकारीले व्यक्तिगत रुपमा रकम संकलन गरी सुवासलाई सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सुवासलाई एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा सुवासलाई केल्मीको ट्रयाकसुट, टिसर्ट र गि पनि प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।